ad ad

राजनीति


दिल्ली हिंसालाई इरानी सर्वोच्च नेताले ‘मुस्लिमको नरसंहार’ भने

दिल्ली हिंसालाई इरानी सर्वोच्च नेताले ‘मुस्लिमको नरसंहार’ भने

नेपालखबर
फागुन २३, २०७६ शुक्रबार ८:३०,

दिल्ली हिंसाको विषयमा खामेनेइ भारतसँग रुष्ट बनेका हुन्। गत फेब्रुअरी २४ देखि २६ सम्म दिल्लीमा नागरिकता कानूनको विषयमा हिंस्रक झडप भएको थियो।

भारतले ल्याएको कानूनमा छिमेकी राष्ट्रका गैरमुस्लिमलाई मात्र भारतीय नागरिकता दिने उल्लेख छ। यस कानून ल्याएसँगै मुस्लिम समुदाय सरकारसँग रुष्ट बनेका छन्।

सोहीकारण त्यहाँ मुस्लिमले सरकारविरुद्ध प्रदर्शन गरिरहेका हुन्। तर गत फेब्रुअरी २४ देखि २६ मा नागरिकता कानूनविरुद्धको आन्दोलन साम्प्रदायिक हिंसामा परिणत भयो।

भारतमा मुस्लिमको प्रदर्शनविरुद्ध हिन्दु समुदाय उत्रिएका थिए। यसबीचमा त्यहाँ ५० जनाको ज्यान गइसकेको छ। २ सयभन्दा बढी घाइते भएका छन्। दर्जनौं घरहरु जलाइएका छन्।

हिंसामा हिन्दु समुदायका भन्दा मुसलमान समुदायमा मानिसहरु धेरै मारिएका छन्।

इरानका सर्वोच्च धार्मिक नेता खामेनेइले बिहीबार एक ट्वीट गर्दै भारतमा मुसलमानविरद्ध अपराध भएको र त्यो देखेर विश्वभरका मुस्लिम दुखि बनेको बताए।

मुस्लिमविरद्धको अपराध नरोकिए मुस्लिम राष्ट्रहरुले भारतलाई अलग्याउने खामेनेइको चेतावनी छ।

खामेनेइले भनेका छन्,‘भारतमा मुस्लिमविरुद्धको नरसंहार देखेर विश्वका मुस्लिम दुखित् बनेका छन्।’

मुस्लिम राष्ट्रहरुसँगको सम्बन्ध कायम राख्न र उनीहरुबाट नअलग्गिन भारत सरकारले कट्टर हिन्दु र सत्तारुढ पार्टीलाई रोक्न जरुरी रहेको खामेनेइको भनाइ छ।

खामेनेइको चेतावनीपूर्ण र आलोचनात्मक अभिव्यक्ति सार्वजनिक भएसँगै पाकिस्तानका प्रधानमन्त्रीले खामेनेइलाई धन्यवाद भनेका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .