प्रदेश २ सरकारले नेपाल प्रहरीलाई २४ वटा मोटरसाइकल प्रदान गरेको छ। प्रदेशको शान्ति, सुरक्षा र सुशासन कायम राख्न सहयोग पुग्ने उद्देश्यले आन्तरिक मामिला तथा कानुनमन्त्रालयले २४ वटा मोटरसाइकल प्रहरीलाई प्रदान गरेको हो।
शुक्रबार एक कार्यक्रम गरी मधेश भवनमा आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले प्रदेश २ का प्रदेश प्रहरी प्रमुख डीआइजी प्रधुम्न कार्कीलाई २४ वटै मोटरसाइकल हस्तान्तरण गरेका हुन्। मोटरसाइकल प्रदान गर्दै मन्त्री यादवले प्रहरीलाई प्रविधिसँग जोड्दै शान्ति सुरक्षा चुस्तदुरुस्त पार्न खोजेको बताए।
उनले चाँडै प्रहरीलाई १६ वटा पिकअप भ्यान समेत प्रदान गर्ने जानकारी गराएका छन्।
3
Shares
प्रतिक्रिया