ad ad

राजनीति


उपसभामुखबारे रास्वपा सांसद गौतम– संख्याको दम्भले घाँटी निचोर्ने प्रयास

उपसभामुखबारे रास्वपा सांसद गौतम– संख्याको दम्भले घाँटी निचोर्ने प्रयास

नेपालखबर
भदौ २५, २०८१ मंगलबार १८:१५, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले उपसभामुख इन्दिरा रानालाई हटाउने तयारी गर्नु संख्याको दम्भले घाँटी निचोर्ने प्रयास सरकारले गरेको बताएकी छिन्। 

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा सांसद गौतमले यस विषयमा आफ्नो पार्टीले खबरदारी व्यक्त गरेको बताइन्। 

‘आज उपसभामुखको विषय पनि छ्यापछ्याप्ती सञ्जालहरूमा आइरहेका छन्, सत्तापक्षले तयारी गरिरहेको भन्ने कुरा आइरहेको छ’, सांसद गौतमले भनिन्, ‘संख्याको दम्भले लोकतन्त्रको घाँटी निचोर्ने प्रयास जुन सरकारले गरिरहेको छ, यसमा हामी खबरदारी व्यक्त गर्न चाहन्छौँ।’

साथै, उनले जनताले राजनीतिक विषयमा असन्तुष्टी राखेर नारा लगाएकै भरमा मुद्दा चलाउनु आपत्तिजनक भएको बताइन्। 

‘जनताले राजनीतिक विषयमा असन्तुष्टी राखेर जिन्दावाद र मुर्दावादको नारा लगाएकै भरमा मुद्दा चल्छ भने यो सरकारले जनतालाई एउटा भुसुना बराबरको पनि सम्झेको रहेनछ भन्ने कुराको प्रमाण हो,’ सांसद गौतमले भनिन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .