ad ad

राजनीति


प्रधानमन्त्रीले राष्ट्रपतिसमक्ष पेस गरे राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन

प्रधानमन्त्रीले राष्ट्रपतिसमक्ष पेस गरे राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन

नेपालखबर
भदौ २५, २०८१ मंगलबार १६:१, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेल समक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेस गरेका छन्।

संवैधानिक रुपमा राष्ट्रिय सुरक्षा परिषद्को अध्यक्षको हैसियले प्रधानमन्त्री ओलीले मंगलबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहकाबीच राष्ट्रपति पौडलेललाई आर्थिक वर्ष २०७९–८० र २०८०–८१ को वार्षिक प्रतिवेदन पेस गरेका हुन्।

नेपालको संविधानको धारा २६६को उपधारा ३ मा राष्ट्रिय सुरक्षा परिषद्ले परिषद्ले गरेको काम कारबाहीको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्नुपर्ने व्यवस्था छ।

सो समारोहमा गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा रक्षामन्त्री मानबीर राई सुरक्षा अंगका प्रमुलगायत परिषद सदस्यहरूको उपस्थिति थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .