प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण २२ सदस्यीय हुने भएको छ।
राष्ट्र संघको महासभाका लागि प्रधानमन्त्री सहितको टोली असोज ४ गते न्युयोर्क जान लागेको हो। भदौ २० मा बसेको मन्त्रिपरिषद् बैठकले भ्रमण स्वीकृत गरेको छ।
भ्रमण दलमा प्रधानमन्त्री ओलीसहित परराष्ट्रमन्त्री डा आरजु राणा देउवा छन्।
यसैगरी, प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, नीजि सुरक्षा अधिकारी, श्रीमती राधिका शाक्य, स्वकीय सचिव राजेश बज्राचार्य, स्वास्थ्य टीम र एकजना फोटोग्राफर हुनेछन्। यस्तै, परराष्ट्र सचिव सेवा लम्साल, मन्त्रीका नीजि सुरक्षा अधिकारी र स्वकीय सचिव भ्रमणदलमा रहनेछन्।
‘६ दिनको भ्रमण प्रस्ताव आएको छ,’ एक मन्त्रीले नेपालखबरसँग भने, सम्माननीयज्यूले अलि छोट्याउने कुरा गर्नुभएको छ।’
639
Shares

प्रतिक्रिया