राजनीति


किमले दक्षिण कोरियाली राष्ट्रपतिलाई भनेः कोरोना संक्रमणको बेला सहयोग गर्न नसकेकोमा निराश छु

किमले दक्षिण कोरियाली राष्ट्रपतिलाई भनेः कोरोना संक्रमणको बेला सहयोग गर्न नसकेकोमा निराश छु

नेपालखबर
फागुन २२, २०७६ बिहिबार ९:५३,

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनलाई कोरोना भाइरससँगको लडाइँमा समर्थन जनाउँदै एक पत्र पठाएका छन्।

उनले मृतकप्रति समवेदना जनाउँदै भाइरस नियन्त्रणमा दक्षिण कोरिया सफल हुने विश्वास व्यक्त गरेका छन्।

बुधबार पठाएको पत्रमा किमले यस्तो अवस्थामा आफूले ठूलो सहयोग गर्न नसकेकोमा निराशा समेत व्यक्त गरेका छन्।

राष्ट्रपति मुनले सो पत्रको जवाफ शुक्रबार पठाइसकेको दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयले जनाएको छ।

दक्षिण कोरियामा कोरोना संक्रमणका कारण ४० को मृत्यु भएको छ भने संक्रमितको संख्या ६ हजार नाघेको छ।

उत्तर कोरियाले आफ्नो मुलुकमा भाइरस संक्रमण नभएको जनाएको छ। यद्यपि उसले सीमामा कडाइ भने गरेको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad