जेम्स बन्ड शृंखलाको २२ औँ फिल्म ‘नो टाइम टु डाइ’ अप्रिलमा रिलिज हुने तय भएको थियो।
तर, कोरोना भाइरसको संक्रमण विश्वव्यापी बन्दै गएपछि सो फिल्म अब नोभेम्बरमा मात्र रिलिज हुने भएको छ।
कोरोनाका कारण पहिलो पटक हलिउड फिल्म पछि सरेको हो। नोभेम्बर २५ मा यो फिल्म रिलिज हुनेछ।
क्यारी जोजी फुकुनागा निर्देशित यो फिल्म डेनियल क्रेगको अन्तिम बन्ड फिल्म हुनेछ। एजेन्सी
3
Shares

प्रतिक्रिया