ad ad

राजनीति


प्रमुख प्रतिपक्षी नेताका रूपमा आज संसद्‌मा सम्बोधन गर्दै प्रचण्ड

प्रमुख प्रतिपक्षी नेताका रूपमा आज संसद्‌मा सम्बोधन गर्दै प्रचण्ड

फाइल तस्बिर


नेपालखबर
भदौ ११, २०८१ मंगलबार ९:१३, काठमाडौँ

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज (मंगलबार) संसद्‌मा सम्बोधन गर्ने भएका छन्। 

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी नेताका रूपमा सम्बोधन गर्ने भएका हुन्। 

उनले पछिल्लो राजनीतिक अवस्थाबारे आफ्नो धारणा राख्ने माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए।

‘देशको पछिल्लो राजनीतिक अवस्थाबारे संसद्‌मा बोल्ने कार्यसूची छ’, पाण्डेले नेपालखबरसँग भने।

आफूसँगको सत्ता सहकार्य एकाएक भंग गर्दै नेकपा एमालेले नेपाली कांग्रेससँग मिलेर सरकार बनाएयता प्रचण्ड रुष्ट छन्। 

उनले सार्वजनिक कार्यक्रमहरूमा दुई ठूला दलको गठबन्धन सरकारलाई भ्रष्टहरूको सरकार भनी आलोचना गरिरहेका छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .