ad ad

राजनीति


प्रतिनिधिसभाको आजको बैठकमा स्वास्थ्य, वन र ऊर्जामन्त्रीले सांसदका प्रश्नको जबाफ दिने

प्रतिनिधिसभाको आजको बैठकमा स्वास्थ्य, वन र ऊर्जामन्त्रीले सांसदका प्रश्नको जबाफ दिने

फाइल तस्बिर


नेपालखबर
भदौ ११, २०८१ मंगलबार ७:६, काठमाडौँ

संघीय ससद् अन्तर्गत प्रतिनिधिसभाको आजको बैठकमा मन्त्रीहरुले सांसदका प्रश्नको जबाफ दिने कार्यसूची छ।

दिउँसो १ बजे बस्ने बैठकमा मन्त्रीहरूले सांसदको प्रश्नको जवाफ दिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

बैठकमा स्वास्थ्य तथा जनसंख्या, वन तथा वातावरण र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय सम्बन्धी मौखिक प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यसूची रहेको संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले जानकारी दिए। 

बैठकको सुरुमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्र पढेर सुनाउने छन्।

‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले जानकारी गराउने कार्यसूची बैठकका लागि तय भएको छ। 

त्यसैगरी अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१’ प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि छ।

सभामुख देवराज घिमिरेले पूर्वसांसद् तथा राज्यमन्त्री रामचन्द्र राय यादवको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने संसद् सचिवालयले जनाएको छ।

०५६ सालको निर्वाचनमा सर्लाही ३ बाट निर्वाचित राय ०६३ सालमा पनि पुनस्र्थापित प्रतिनिधिसभामा सदस्य थिए। त्यतिबेला उनी भूमिसुधार राज्यमन्त्री बनेका थिए। 

उनको गएको साउन ६ गते सर्लाहीस्थित आफ्नै निवासमा हत्या भएको थियो। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .