ad ad

राजनीति


कांग्रेस प्रजातान्त्रिक पार्टी हो, यहाँ स्वस्थ प्रतिस्पर्धा हुन्छ : सभापति देउवा

कांग्रेस प्रजातान्त्रिक पार्टी हो, यहाँ स्वस्थ प्रतिस्पर्धा हुन्छ : सभापति देउवा

नेपालखबर
भदौ ८, २०८१ शनिबार १९:२६, काठमाडौँ

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने बताएका छन्।

शनिबार ललितपुरमा आयोजित पार्टी निकट इन्जिनियरहरूको भेलामा बोल्दै उनले कांग्रेस प्रजातान्त्रिक पार्टी भएकाले स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने बताए। 

साथै, उनले पाल इन्जिनियर्स एशोसिएशनको निर्वाचनमा जित हासिल हुनेगरी तयारी गर्न पनि पार्टी निकट इन्जिनियरहरूलाई निर्देशन पनि दिए।

‘अहिले तपाईंहरू आपसमा मिलेर जानुस्। भरसक तपाईंहरू मिलेर जानु बेस हुन्छ। भोलिको चुनावमा नेपाली कांग्रेसमा समर्थित साथीहरूले यो चुनावमा जित्नुपर्छ भन्ने हाम्रो धारणा छ। त्यसकारण साथीहरूले त्यसै अनुरुप सब एक भएर आपसमा एकतावद्ध भएर पहिला आपसमा नै सहमती गर्नुस्,’ उनले भने।

आगामी भदौ २८ गते ललितपुरमा सो निर्वाचन हुँदैछ।

सभापति देउवाले सो निर्वाचनमा पार्टी समर्थित इन्जिनियरहरूले जित्नुपर्ने धारणा राखे। सभापति देउवाले त्यसका लागि एकतावद्ध भएर सकेसम्म सहमतिमै उम्मेदवार चयन गर्न पनि सचेत गराए।

‘सहमति हुन सकेन भने पनि स्वस्थ प्रतिस्पर्धात्मक तरिकाले मित्रवत रुपमा चुनाव गर्नुस्। र भोलि आउने चुनौतिहरुमा नेपाली कांग्रेस पार्टी छ। यो डमोक्रेटिक पार्टी हो। त्यसले यो इन्जिनियर्सजस्तो संस्थाहरूमा नेपाली काँग्रेस समर्थित साथीहरू छन्। अझ बढी यसलाई बलियो बनाएर कांग्रेस समर्थितलाई ल्याएर भोलीका भविष्यको राजनीतिमा सम्पूर्ण प्राविधिक क्षेत्रमा नेपाली कांग्रेसको विजय होस् भन्ने कामना गर्न चाहन्छु। तपाईंहरूले जित्नुहोस भन्ने हार्दिक कामना गर्दछु,’ देउवाले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .