ad ad

राजनीति


ऊर्जामन्त्री खड्काको दाबीः ठूल्ठूला जलविद्युत आयोजनाको कामले गति लियो

ऊर्जामन्त्री खड्काको दाबीः ठूल्ठूला जलविद्युत आयोजनाको कामले गति लियो

नेपालखबर
भदौ ८, २०८१ शनिबार १९:३२, काठमाडौँ

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले ठूल्ठूला जलविद्युत आयोजनाको कामले गति लिन थालेको दाबी गरेका छन्।

शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पञ्चेश्वर, बुढिगण्डकी, उपर अरुण जस्ता ठूल्ठूला जलविद्युत आयोजनाहरूको कामले गति लिन थालेको बताएका हुन्।

‘मेरो मन्त्रालय अन्तर्गतको पञ्चेश्वर, बुढिगण्डकी, अपर अरुण जस्ता ठूल्ठूला आयोजनाहरू अब गति लिन सुरु गरेको छ। र यो समयमै सम्पन्न गर्नेगरी सरकारले काम थालेको छ। त्यसमा पनि यहाँहरूको भूमिका अत्यन्तै महत्वपूर्ण छ,’ उनले भने।

मन्त्री खड्काले सरकारले अधुरा आयोजनाहरुको कामलाई सम्पन्न गर्नेगरी अघि बढाएको पनि उल्लेख गरे। 

सरकार रोजगारी सृजनातर्फ उन्मुख रहेको मन्त्री खड्काको भनाई थियो। 

‘अब सरकार रोजगारी सृजनातिर उन्मुख छ। र अधुरा आयोजनाहरू, अधुरा कामहरू समयमै सम्पन्न गर्नका लागि सरकार कटिबद्ध भएर लागेको छ। अहिले सरकार संयुक्त सरकार तपाईंहरुलाई थाहा छँदैछ,’ मन्त्री खड्काले भने, ‘अहिले सम्माननीय प्रधानमन्त्रीज्युको स्पष्ट निर्देशन छ–हाम्रो आदरणीय पार्टी सभापतिज्यूको स्पष्ट निर्देशन छ हामीलाई। समयमा सबै कामहरू सम्पन्न हुनुपर्दछ। र जनताले अनुभुति गर्नेगरी देखिने गरी काम गर्नुपर्दछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .