ad ad

राजनीति


धार्मिक पर्यटनका लागि अन्तरदेशीय सहकार्य गर्न मन्त्री पाण्डेको आह्वान

धार्मिक पर्यटनका लागि अन्तरदेशीय  सहकार्य गर्न मन्त्री पाण्डेको आह्वान

नेपालखबर
भदौ ८, २०८१ शनिबार १३:०, काठमाडौँ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले विश्वभरका आगन्तुकहरुलाई नेपालका धार्मिक स्थलहरुमा सहज अनुभूति गराउने वातावरण निर्माणका लागि सहकार्य गर्न आह्वान गरेका छन्।

भारतको गुजरतामा आयोजित आठौं धर्म–धम्ब सम्मेलनलाई शुक्रबार साँझ सम्बोधन गर्दै उनले  नेपालका पशुपतिनाथ हलेसी र मुक्तिनाथ तथा भारतको काशीस्थित शान्तिस्तुपाहरु दुई देशबीचका साझा सम्पदाहरु रहेको उल्लेख गरे।

भुटान, श्रीलंका लगायतका देशका मन्त्रीहरु र अन्य देशका धार्मिक विचारकहरुको ठूलो संख्यामा सहभागीता रेहेको सो सम्मेलनमा मन्त्री पाण्डेले एकता र विविधता नै हाम्रो परम्पराको आधारभूत मान्यता बताए। 

उनले भने, ‘हाम्रा मनमोहक हिमाल, पवित्र तीर्थस्थलहरु तथा सांस्कृतिक सम्पदाहरुले ब्रम्हाण्डीय शक्ति र दैवीय उपस्थितिको झल्को दिई रहेका छन् तसर्थ नेपाल प्रकृति र दैवीय शक्तिको जीवित उदाहरण हो।’

मन्त्रीको हैसियतमा आध्यात्मिक सम्पदाहरुको संरक्षण प्रवद्धान गर्ने निर्णय गरेको समेत उलने सुनाए। ‘म हाम्रो संस्कृति, पर्यटन र उड्डयनको चक्र निर्माणका लागि अन्तर देशीय पूर्वाधार निर्माण र आवागमनको सुदृढीकरण, धार्मिक पर्यटनको प्रवद्धनका साथै विश्वभरका आगन्तुकहरुलाई हाम्रा धार्मिक स्थलहरुको पवित्रताको सहज अनुभूति गराउने वातावरणको निर्माणका लागि सहकार्य गर्न आव्हान गर्दछु,’ उनले भने, ‘सायद यहि नै धर्म–धम्ब परम्पराको वास्तविक अर्थप्रतिको योगदान हुने छ।’ 

इण्डिया फाउन्डेसनको पहलमा भारतको गुजरातमा धर्म–धम्ब सम्मेलन आयोजना भएको हो। सम्मेलनको उद्देश्य उदीयमान नयाँ विश्व व्यवस्थाको लागि दार्शनिक संरचना निर्माण गर्नका लागि धर्म–धम्ब परम्पराका धार्मिक, राजनीतिक र विचारधारा नेताहरूलाई एकसाथ ल्याउने रहेको छ। 

आठौं अन्तर्राष्ट्रिय धर्म धम्म सम्मेलनमा १८ देशका तीनसय भन्दा बढी प्रतिनिधि सहभागी रहेको अनुमान छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .