काठमाडौँको नागार्जुनमा आज (शनिबार) दिउँसो गाडी र मोटरसाइकल आपसमा ठोकिँदा दिँदा एक जना गम्भीर घाइते भएका छन्।
बलम्बु प्रहरी प्रभागका प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्यका अनुसार नागार्जुन नगरपालिका-७, स्थित बिन्दावासिनी सडकखण्डमा स्विजरल्यान्ड पार्कबाट कलंकीतर्फ जाँदै गरेको प्र. ०१–०२५ च ९२४३ नम्बरको योधा जिप र विपरीत दिशाबाट आइरहेको बा. प्र. ०२-०१७ प १०९ नम्बरको यामाहा भी३ मोटरसाइकल आपसमा ठोकिएका हुन्।
दुर्घटनामा एक जना गम्भीर घाइते भएको र उनलाई कलंकीस्थित सहिद मेमोरियल अस्पताल पठाइएको उनले जानकारी दिए।
‘हामी भर्खर घटनास्थल आइपुगेका छौँ’, प्रहरी निरीक्षक आचार्यले भने, ‘विस्तृत कुरा बुझ्नै बाँकी छ।’
225
Shares
प्रतिक्रिया