ad ad

राजनीति


प्रधानमन्त्री र चीन अन्तर्राष्ट्रिय विकास सहयोग निकायका उपाध्यक्षबीच भेटवार्ता

प्रधानमन्त्री र चीन अन्तर्राष्ट्रिय विकास सहयोग निकायका उपाध्यक्षबीच भेटवार्ता

नेपालखबर
भदौ ७, २०८१ शुक्रबार ६:३४, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष चीन अन्तर्राष्ट्रिय विकास सहयोग निकायका उपाध्यक्ष याङ वेईकुनले शिष्टाचार भेट गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ भएको भेटमा वेईकुनले 
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भएको छलफल र सहमतिबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराएका छन्।

अर्थ मन्त्रालय र चिनियाँ पक्षबीच काठमाडौँ चक्रपथको कलंकीदेखि बसुन्धरा महाराजगञ्जसम्मको ८.२ किलोमिटर सडक निर्माण, हिल्सा(सिमिकोट सडक खण्डलाई दुई लेनमा स्तरोन्नति, मुस्ताङको कोरला नाकामा आइसिपी र आइसिडी निर्माण र अरनिको राजमार्गको मर्मत सुधार तथा पहिरो नियन्त्रण सम्बन्धी कार्यको सम्भाव्यता अध्ययन गर्ने सम्बन्धी चारवटा छुट्टाछुट्टै सहयोग आदान प्रदानसम्बन्धी पत्रमा हस्ताक्षर भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .