ad ad

राजनीति


भ्रष्टाचार मुद्दामा हदम्यादबारे प्रधानमन्त्री : ‘मान्यज्यूहरूले जे भन्नुहुन्छ, त्यही हुन्छ’

भ्रष्टाचार मुद्दामा हदम्यादबारे प्रधानमन्त्री : ‘मान्यज्यूहरूले जे भन्नुहुन्छ, त्यही हुन्छ’

नेपालखबर
भदौ ६, २०८१ बिहिबार १८:३६, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारको मुद्दामा ५ वर्षे हदम्याद राख्ने वा नराख्ने निर्णय सांसदहरूले गर्ने बताएका छन्।

बिहीबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन्।

उनले भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल चलिरहेको र हदम्याद राख्ने वा नराख्ने निर्णय सांसदहरुले गर्ने बताए।

राज्य व्यवस्था समितिमा विधेयकबारे छलफल जारी छ। समितिमा र संसद बैठकमा सांसदहरुले हदम्याद राख्न नहुने आवाज उठाइरहेका बेला सञ्चारकर्मीहरुको जिज्ञासामा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

उनले भने, ‘संसदमा छलफल चलिरहेको छ, तपाईंहरुलाई थाहा होला। संसदमा छलफल हुन्छ, संसदले निर्णय गर्छ। संसदमा छलफल भइरहेको छ। मान्यज्यूहरुले जे भन्नुहुन्छ, त्यही हुन्छ।’

प्रधानमन्त्री ओलीले समिति बैठकपछि संसदमा पनि छलफल गर्ने र संसदको निर्णयअनुसार विधेयक अघि बढ्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .