ad ad

राजनीति


२८ हजार मेगावाट विद्युत् उत्पादन क्षमता पुर्‍याउने मार्गचित्र मन्त्रिपरिषद्‌मा छ : प्रधानमन्त्री

२८ हजार मेगावाट विद्युत् उत्पादन क्षमता पुर्‍याउने मार्गचित्र मन्त्रिपरिषद्‌मा छ : प्रधानमन्त्री

नेपालखबर
भदौ ६, २०८१ बिहिबार १६:१६, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष २०९१/९२ सम्म आन्तरिक र अन्तर्राष्ट्रिय निर्यातसहितका लागि विद्युत् उत्पादन क्षमता २८ हजार ५ सय मेगावाट पुर्‍याउने लक्ष्य लिएको बताएका छन्। 

बिहीबार प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद नारायण प्रकाश साउद (एनपी) ले उठाएको प्रश्नको जवाफका क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। 

‘आगामी १० वर्षभित्र नेपालले दशहजार मेगावाट विद्युत भारतमा निर्यात गर्नेगरी भएको दीर्घकालीन विद्युत व्यापार सम्झौता बमोजिम भारतमा विद्युत निर्यातको लागि ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले ऊर्जा विकास मार्गचित्रतथाकार्ययोजना, २०८० तयार गरेको छ,’ओलीले बताए। 

उनका अनुसार उक्त मार्गचित्र तथा कार्ययोजना मन्त्रिपरिषद्मा पेस भइसकेको छ। 

‘उक्त मार्गचित्र तथा कार्ययोजनामा आर्थिक वर्ष २०९१/९२ सम्म करिब १३,५०० मेगावाट विद्युत् आन्तरिक मागपूर्तिको लागि र करिब १५,००० मेगावाट विद्युत छिमेकी मुलुक भारत र बंगलादेशमा निर्यातको लागि गरी नेपालको कूल विद्युत् उत्पादन क्षमता २८,५०० मेगावाट पुर्‍याउने लक्ष्य लिइएको छ। उक्त मार्गचित्र तथा कार्ययोजना नेपाल सरकार, मन्त्रिपरिषद्‌मा पेस भएको छ,’ प्रधानमन्त्री ओलीले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .