ad ad

राजनीति


पार्टीमा प्रचण्डले भने– आरजुलाई भारतले दिएको महत्त्वले ओलीको मनमा चस्का पस्यो

पार्टीमा प्रचण्डले भने– आरजुलाई भारतले दिएको महत्त्वले ओलीको मनमा चस्का पस्यो

नेपालखबर
भदौ ५, २०८१ बुधबार १७:५५, काठमाडौँ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परराष्ट्रमन्त्री आरजु राणा देउवालाई भारतले दिएको महत्त्वले प्रधानमन्त्री केपी शर्मा ओलीको मनमा चस्का पसेको बताएका छन्। 

बुधबारबाट सुरु भएको बागमती प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्ने क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीकै स्तरको व्यवहार परराष्ट्रमन्त्री देउवालाई भारतले गरेको उल्लेख गरे। 

‘भारतले परराष्ट्रमन्त्रीलाई प्रधानमन्त्री लेभलको जुन व्यवहार गर्यो, त्यो कुराले प्रधानमन्त्री (केपी शर्मा ओली) लाई पनि चस्का परेको जस्तो देखिन्छ,’ बैठकमा प्रचण्डले राखेको भनाइ उद्धृत गर्दै सहभागी एक नेताले नेपालखबरलाई बताए। 

परराष्ट्रमन्त्री देउवा गत आइतबार (भदौ २) गतेदेखि भारत भ्रमणमा छिन्। उनी आगामी शुक्रबार भ्रमण सकेर नेपाल फर्कँदैछिन्। 

देउवाले नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस.जयशंकर लगायतसँग छुट्टाछुट्टै भेटवार्ता गरेकी थिइन्। 

त्यसअघि भातीय विदेश सचिव विक्रम मिस्रीले गत साउन २७ गते काठमाडौँ आएर आरजुलाई भ्रमणको निमन्त्रणा दिएका थिए। 

उनी स्वदेश फर्किएको केही दिनमै परराष्ट्रमन्त्री देउवाको भ्रमण तय भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .