ad ad

राजनीति


प्राविधिक अध्ययन गरेर च्यासल क्षेत्रको डुबान रोक्छौँ : भौतिकमन्त्री दाहाल

प्राविधिक अध्ययन गरेर च्यासल क्षेत्रको डुबान रोक्छौँ : भौतिकमन्त्री दाहाल

नेपालखबर
भदौ ४, २०८१ मंगलबार १४:४, काठमाडौँ

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले च्यासल क्षेत्र डुबानको प्राविधिक अध्ययन गरी समाधान गर्ने बताएका छन्।

पानीको बहाव बढ्नेबित्तिकै मनोहरा खोलाले च्यासल क्षेत्र डुबानमा पर्ने भन्दै उनले सोबारे अध्ययन गरी डुबान हुन नदिने प्रतिवद्धता जनाएका हुन्। 

च्यासल क्षेत्रमै रहेको नेकपा एमाले केन्द्रिय पार्टी कार्यालय पनि डुबान पर्दै आएको छ। डुबानका विषयमा मंगलवार निरीक्षणका क्रममा मन्त्री दाहालले एमाले पार्टी कार्यालय अगाडि मनोहरा खोलाको पुल हटाउने वा मर्मत गर्ने सन्दर्भमा ललितपुर सडक डिभिजन कार्यालयका प्रमुखसहित निरीक्षण गरेका थिए। 

खोला निरीक्षणपछि मन्त्री दाहालले मनोहरा खालाको पुललाई मर्मत वा विकल्प खोज्ने सन्दर्भमा निरीक्षण गरिएको पनि जानकारी दिए।

मोटरेबल पुल हटाउने वा पुलको तलको भागलाई हटाउने विषयमा प्राविधिकहरुसँग बसेर निर्णय लिने पनि जानकारी उनले दिए।

पुलमुनीको भाग साँघुरो भएकाले पानी बग्न नपाउँदा पार्टी कार्यालयसहित च्यासल फुटबल मैदान र आसपासका बस्तीमा पस्ने गरेको उनको भनाइm थियो। 

ललितपुर सडक डिभिजन कार्यालयका प्रमुख मुकुन्द अधिकारीले मनोहरा खोलाको पानी सहज रुपमा बग्नको लागि पुलमा समस्या देखिएको बताए।

पुलको तलपट्टीको भागले पानीलाई रोकेको भन्दै प्राविधिकसहित आएर अध्ययन गर्न मन्त्रीले निर्देशन दिएको उनले जानकारी दिए। 

पुल मर्मत गरी पानी सहज रुपमा बग्नसक्ने अवस्था आए मर्मत मात्रै गर्ने, अन्यथा पुल भत्काएर अर्को बनाउने विकल्प खोज्ने उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .