ad ad

राजनीति


सहकारी सञ्चालकसँग सोधपुछ अन्तिम चरणमा, छानबिन समिति प्रतिवेदन लेखनमा लाग्ने

सहकारी सञ्चालकसँग सोधपुछ अन्तिम चरणमा, छानबिन समिति प्रतिवेदन लेखनमा लाग्ने

नेपालखबर
भदौ १, २०८१ शनिबार २०:२२, काठमाडौँ

सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समिति प्रतिवेदन लेखनमा केन्द्रित हुने भएको छ।

शनिबार सिंहदरबारमा बसेको सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै समिति सभापति थापाले सो जानकारी गराएका हुन्। 

उनले समिति सोधपुछको कार्य अन्तिमतिर आइपुगेको र अब प्रतिवेदन लेखनको काममा लाग्ने बताए। समितिले विभिन्न मुद्दामा कारागारमा रहेका सहकारी सञ्चालकहरुसँग बयान लिने काम लगभग सकिएको उनको भनाइ थियो। 

आजको बैठकमा नख्खु कारागारमा रहेका कृषि विकास बहुउद्देश्य सहकारी संस्था तथा कृषि विकास वचत तथा ऋण सहकारी संस्थाका ललितपुर र भक्तपुरमा कार्यक्षेत्र भएका दुई वटा संस्था सञ्चालन गर्दै आएका तेजविक्रम थापालाई बोलाएर सोधपुछ गरेको जानकारी दिए। 

पछिल्लो समयमा जिबी राईको नेतृत्वमा पुगेको हाम्रो नयाँ कृषि बहुउद्देश्य सहकारी संस्था भक्तपुरका पूर्वअध्यक्ष सूर्यबहादुर गुरुङ र ज्येष्ठ लगायत ८ वटा सहकारी संस्थासँग संवद्ध मधुसुदन पाठकसँग सोधपुछ गरेको पनि बताए।

‘आजको बैठकमा हामीले नख्खु कारागारबाट कृषि विकास बहुउद्देश्य सहकारी संस्था तथा कृषि विकास बचत तथा ऋण सहकारी संस्थालाई ललितपुर र भक्तपुरमा कार्यक्षेत्र भएका दुई वटा संस्था सञ्चालन गर्दै आउनुभएका तेजविक्रम थापालाई बोलाएर सोधपुछ गरेका छौँ,’ उनले भने, ‘पछिल्लो समयमा जिबी राईको नेतृत्वमा पुगेको हाम्रो नयाँ कृषि बहुउद्देश्य सहकारी संस्था भक्तपुरका पूर्वअध्यक्ष सूर्यबहादुर गुरुङ र ज्येष्ठ लगायत ८ वटा सहकारी संस्थासँग संवद्ध मधुसुदन पाठकसँग सोधपुछ गरेका छौँ।’ 

उनले अघि थपे, ‘आजै हामीले धरान उपमहानगरपालिकको नियमनमा रहेको बराह बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मानबहादुर विश्वकर्मासँग पनि सोधपुछ गरेका छौँ। सोधपुछको अन्तिमतिर लागेका छौँ।’ 

सोधपुछलाई तथ्य प्राप्तिको उद्देश्यअनुसार गरिरहेको उनले बताए। 

‘सहकारी ठगी र अरु विभिन्न मुद्दामा जेलमा रहेका व्यक्तिहरु सहकारीका मुख्य व्यक्तिहरु रहेको कारणले उनीहरुलाई नै नसोधी तथ्यमा पुग्न सक्दैन थियौँ। यो क्रम छिटो टुंग्याउने र प्रतिवेदन लेखनको कामलाई अन्तिम रुपमा त्यस काममा केन्द्रित हुनेगरी जुट्नेछौँ,’ उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .