प्रधानमन्त्री केपी शर्मा ओलीले भारत सरकारद्वारा आयोजित तेस्रो शृंखलाको ग्लोबल साउथ समिट’ को उद्घाटन सत्रलाई शनिबार सम्बोधन गरेका छन्।
प्रधानमन्त्री ओलीको सचिवालयले दिएको जानकारी अनुसार भर्चुअलरुरुपमा गरेको उक्त सम्बोधनमा उनले द्वन्द्व, खाद्य र ऊर्जा सङ्कट, जलवायु परिवर्तनका असरलगायत विषयमा आफ्ना राखेका थिए। ‘हामीले साझा प्रयासबाट हाम्रो भविष्यको बाटो कोर्न सक्छौँ,’ प्रधानमन्त्री ओलीको भनाइ छ, ‘जसले सबैलाई लाभ दिनेछ।’
समिटलाई १५ राष्ट्रप्रमुुख तथा सरकारप्रमुले सम्बोधन गरेका थिए। राष्ट्र ग्लोबल साउथका अल्पविकसित, विकासोन्मुख र विकासशील ७८ देश सदस्य छन्।
समिटको यसपटकको नारा ‘वसुधैव कुटुम्वकम्’को आदर्शअनुरुप ‘दिगो भविष्यका लागि सशक्त ग्लोबल साउथ’ तय गरिएको छ।
24
Shares
प्रतिक्रिया