ad ad

राजनीति


जनार्दनलाई प्रचण्डको जवाफ– पार्टी फुटाउन लागेको आशंकाका तुवाँलो थियो, अब हट्यो

‘प्रभाकरले पनि यो भनियो, त्यो भनियो भनेर नभनिराख्नू’
जनार्दनलाई प्रचण्डको जवाफ– पार्टी फुटाउन लागेको आशंकाका तुवाँलो थियो, अब हट्यो

नेपालखबर
भदौ १, २०८१ शनिबार १६:८, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपमहासचिव जनार्दन शर्माले पार्टी फुटाउनेबारे चलेको हल्लाको तुँवालो हटिसकेको दाबी गरेका छन्। 

शनिबार पार्टीको काठमाडौँ–रुकुम पश्चिम सम्पर्क समितिको दोस्रो सम्मेलनलाई सम्बोधन गर्ने क्रममा प्रचण्डले दुवैजना सँगै बसेर आशंका निराकरण गर्ने निर्णय भएको जानकारी गराएका छन्। 

उनले पार्टीभित्र स्थापित हुन लागेको भ्रम चिरिएको पनि दाबी गरे। 

‘मैले त प्रभाकरले पार्टी फुटाउँदैछन् भनेर कहिँ भनेको पनि छैन। सोचेको पनि होइन। तर, भ्रमैभ्रम। वरिपरिकाले भन्दै जाने अर्कोले भन्दै जाने गर्दा साँच्चै पार्टी फुटाउन प्रतिक्रियावादी हिजो पनि लागेकै हुन। आज पनि लागेकै छन्,’ अध्यक्ष प्रचण्डले भने, ‘माओवादीलाई फुटाउन प्रतिक्रियावादीहरू त लागिरहन्छन्। कहिँ न कहिँ आशंकाको तुवाँलो थियो। स्थायी समितिको बैठकको समापनसम्म आउँदा, गर्वको साथ भन्नसक्छु, त्यो तुँवालो हटेको छ। पार्टी फुटको भ्रमलाई चिरिएको छ।’

उनले उपमहासचिव शर्माले पनि यो विषयमा यसो भनियो र त्यसो भनियो भनेर भनिराख्न जरुरी नभएको बताए। 

प्रचण्डको सम्बोधन अघि सोही मञ्चबाट सम्बोधन गर्दै उपमहासचिव शर्माले प्रचण्डबाटै यो कुराको जवाफ दिनुपर्ने बताएका थिए। 

‘प्रभाकरले पार्टी फुटाउँदैछ भन्ने कुरा असत्य स्थापित गरिएको छ, यो हामी सबैको लागि खुसीको कुरा हो,’ प्रचण्डले जनार्दनलाई थप आश्वस्त पार्दै भने, ‘अब प्रभाकरले पनि मलाई यसो भनियो र त्यसो भनियो भनेर बढी भन्न जरुरी छैन। जुन कुरा टुंगिसकेको छ, त्यसलाई टुंगिएकै कुराको रुपमा बुझ्नु र त्यसलाई त्यसरी नै सम्प्रेषित गर्नु उचित हुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .