ad ad

राजनीति


प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। तस्बिरः प्रधानमन्त्रीको सचिवालय


नेपालखबर
भदौ १, २०८१ शनिबार १५:४२, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।

शनिबार भएको भेटमा सरकारले राजनीतिक विर्मश र सरकारको कामसँग सम्बन्धित कुराकानी भएको प्रधानमन्त्री ओलीले जानकारी दिएका छन्। 

‘नेपाली कांग्रेसका सभापति, पूर्व प्रधानमन्त्री, मेरा मित्र शेरबहादुर देउवाजीसँग कुराकानी भयो,’ भेटबारे जानकारी दिँदै प्रधानमन्त्रीले लेखेका छन्, ‘केही जानकारी आदानप्रदान, केही राजनीतिक विमर्श भए। सरकारले गरिरहेका र गर्नु पर्ने कामका विषयमा पनि कुरा भए।’

संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको सहयोगमा गत असार ३० गते नेकपा एमाले अध्यक्ष ओली प्रधानमन्त्री बनेका थिए।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .