ad ad

राजनीति


वर्तमान सरकार भ्रष्टाचारीलाई जोगाउन बनेको होः नारायणकाजी श्रेष्ठ

वर्तमान सरकार भ्रष्टाचारीलाई जोगाउन बनेको होः नारायणकाजी श्रेष्ठ

फाइल तस्बिर


नेपालखबर
भदौ १, २०८१ शनिबार ११:४३, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले वर्तमान सरकार भ्रष्टाचारीहरूलाई जोगाउन र भ्रष्टाचारको निम्ति ठाउँ बनाउन बनेको आरोप लगाएका छन्।

शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पोस्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको नवौँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन्।

उनले आफूहरू बेदाग भएर सरकारबाट निस्किएको दाबी पनि गरे। ‘हामी बेदाग भएर सरकारबाट निस्किएका छौँ। अहिले सरकार बनाउनेहरूको बारेमा आम चर्चा छँदै छ। हामीले भन्नु पनि पर्दैन। भ्रष्टाचारीहरूलाई जोगाउन र भ्रष्टाचारको निम्ति ठाउँ बनाउनको निम्ति यो सरकार बनेको छ भनेर आम चर्चा छ,’ उनको भनाइ थियो।

इतिहासले दिएको जिम्मेवारी पूरा गर्नु आफूहरूका लागि महत्त्वपूर्ण रहेको भन्दै उनले पार्टीलाई एकताबद्ध, सुदृढ गर्ने जिम्मेवारीमा प्रतिबद्ध भएर लागेको जिकिर गरे।

पार्टीको नेतृत्वलाई बलियो बनाएर, नेतृत्वको वरिपरि गोलबन्द हुनुपर्ने उनको धारणा थियो।

उनले पार्टीको वैचारिक कार्यदिशा एकरूप समझदारीसाथ ग्रहण गर्ने र विचारलाई अझ विकास गर्ने दिशामा जान आवश्यक रहेको विचार पनि कार्यक्रममा राखे।

‘इतिहासले हामीलाई अहिले सुम्पिएको जिम्मेवारी ग्रहण गर्दै त्यसको सम्पादन, त्यो कार्यभार पूरा गर्नुपर्ने आजको आवश्यकता छ,’ उनले भने, ‘हामीलाई इतिहासले सुम्पिएको जिम्मेवारी भनेको पार्टीलाई एकतावद्ध, सुदृढ गर्ने हो। हाम्रो पार्टीको नेतृत्वलाई बलियो बनाएर, नेतृत्वको वरिपरि गोलबन्द हुने हो। पार्टीको वैचारिक कार्यदिशा एकरुप समझदारीसाथ ग्रहण गर्ने र विचारलाई अझ विकास गर्ने दिशामा जाने हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .