ad ad

राजनीति


‘कोसी प्रदेश’ विरुद्ध जसपा नेपालले गठन गर्‍यो संघर्ष समिति

‘कोसी प्रदेश’ विरुद्ध जसपा नेपालले गठन गर्‍यो संघर्ष समिति

फाइल फोटो


नेपालखबर
साउन ३१, २०८१ बिहिबार २०:५५, काठमाडौँ

जनता समाजवादी पार्टी नेपालले कोशी प्रदेशको नाम खारेजीको लागि आन्दोलन परिचालन एवं समन्वय गर्न नौ सदस्यीय संघर्ष समिति गठन गरेको छ।

कोसी प्रदेश नामकरणको विरुद्धमा भइरहेको राष्ट्रिय पहिचानको आन्दोलनलाई समन्वय गरि आन्दोलनलाई निर्णायक तहमा पुर्‍याउन उक्त समिति घोषणा गरिएको जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले बताए।

जसपा नेपाल कार्यकारिणी समिति सदस्य एवं पूर्वमन्त्री रकम चेम्जोंगको संयोजकत्वमा आन्दोलन परिचालन समिति गठन गरिएको हो।

यही साउन २७ गते सुरु भई ३० गते ललितपुरको सानागाउँमा सम्पन्न चार दिवसीय जसपा नेपालको केन्द्रीय समिति बैठकले उक्त संघर्ष समिति घोषणा गरेको थियो।

यद्यपि, केही सदस्यहरुको नाम थपेर बिहीबार समितिले पूर्णता पाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .