ad ad

राजनीति


ओलीलाई एसियन कोअपरेसन डायलगमा निम्ता

ओलीलाई एसियन कोअपरेसन डायलगमा निम्ता

नेपालखबर
साउन २९, २०८१ मंगलबार २०:४, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीलाई आगामी अक्टोबरमा कतारमा हुने एसियन कोअपरेसन डायलग (एसीडी) सम्मेलनमा सहभागी हुन कतारका राजाका तर्फबाट निमन्त्रणा प्राप्त भएको छ। 

प्रधानमन्त्री ओलीसमक्ष नेपालका लागि कतारका राजदूत मिसल मोहम्मद अल अन्सारीले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शिष्टाचार भेट गरी उक्त निमन्त्रणा हस्तान्तरण गरेका हुन्।

एसीडीको १९ औँ मन्त्रीस्तरीय बैठक गत २४ जुनमा इरानमा भएको थियो। यस मञ्चमा नेपालससिहत ३५ मुलुक आबद्ध छन्। नेपाल सन् २०१६ मा सदस्य भएको हो। 

भेटका अवसरमा दुई देशका आपसी हित र सम्बन्धबारे पनि छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। छलफलमा परराष्ट्र मन्त्रालयका अधिकारी पनि सहभागी थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .