ad ad

राजनीति


आर्थिक सुधारको नेतृत्व लिन कांग्रेस अलमलियो : विनोद चौधरी

आर्थिक सुधारको नेतृत्व लिन कांग्रेस अलमलियो : विनोद चौधरी

नेपालखबर
साउन २८, २०८१ सोमबार १८:१४, काठमाडौँ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं उद्योगपति विनोद चौधरीले पार्टीले दोस्रो चरणको आर्थिक सुधारको नेतृत्व लिने क्रममा अलमलिएको टिप्पणी गरेका छन्। सोमबार पार्टीको केन्द्रीय समिति बैठकमा धारणा राख्ने क्रममा इतिहास र विगतका अर्थतन्त्रका सुधारका कामले पनि मुलुकको दोस्रो चरणको अर्थतन्त्र सुधारको नेतृत्व लिन चुकको बताए। 

‘२००८ साल देखि अर्थतन्त्रलाई रुपान्तरण गर्ने क्रान्ति गर्ने पार्टीले अहिले आएर दोस्रो चरणको अर्थतन्त्र सुधार गर्न किन उदासिन देखिएको छ?’ उनले प्रश्न गरेका छन्।

संकुचनमा गएको अर्थतन्त्रको दोस्रो चरणको सुधार गर्नेगरी नेपाली कांग्रेसले पार्टीको स्पष्ट दृष्टिकोण बनाएर जान आवश्यक रहेको उनले बताए।

नेपाली कांग्रेसले राजनीतिक आन्दोलन मात्रै नभई आर्थिक नीति र दृष्टिकोणमा रहेका अस्पष्टता हटाउन जरुरी रहेको उनको भनाइ थियो। 

‘मुलुकको अर्थतन्त्र सजिलोसँग हेरे पनि अवस्था त्यस्तो छैन। नेपाली कांग्रेसले २०४८ सालमा गरेको नयाँ उदार अर्थतन्त्र निजी क्षेत्र निर्देशित अर्थतन्त्रबाट राज्यले परिवर्तन भोग्यो,’ उनले भने, ‘त्यसैको भरमा अहिले राज्य चलिरहेको छ। अब सधैँभरी त्यसैको भरमा राज्य चल्न सक्दैन। त्यो कामको इतिहासमा नेपाली कांग्रेसलाई हेर्ने हो २००८ सालमा पहिलो बजेटमा बैंक खोल्ने कुरा गरेको रहेछ। 

सांसद चौधरीले ८० प्रतिशतभन्दा बढी लगाानीको अभिभारा बोकेको निजी क्षेत्र यतिबेला निराश र त्रसित रहेको जिकिर गरे। उनले कुन पार्टीले निजी क्षेत्रको आकांक्षा, सपना र भोलिको नेतृत्व गर्छन् भन्ने कुरामा समेत अन्योल रहेको पनि बताए। 

कृषिसँग प्रत्यक्ष जोडिएको मल समयमै नपाउनुपर्ने परिस्थिति आउनु दुर्भाग्य भएको उनको भनाइ थियो।

‘कृषिको उत्पादन दिनप्रतिदिन कम हुँदै जाँदा जीडीपीमा यसको अंश २५ प्रतिशत घटेको छ भने कृषिमा निर्भर जनसंख्याको अनुपात अझै ५० प्रतिशतभन्दा बढी छ। यसले कृषि क्षेत्रमा जोडिएका जनताहरुको अवस्था कमजोर बन्दै गएको तथ्यलाई स्थापित गर्दछ ।’

डेढ लाख बढी विद्यार्थी विदेश गएको भन्दै उनले त्यसभित्र सामाजिक द्वन्द्व ,सामाजिक पीडा र विचलन पनि लुकेको बताए।

वर्तमान सरकारले पुराना एजेण्डाहरुलाई छिटो सल्टाउँदै नागरिक र आम उद्योगी व्यवासायीहरुलाई नयाँ आशाको किरण दिन सक्नुपर्ने धारणा राखे। 

नयाँ लगानीका जतिसुकै आँकडा बाहिर आएपनि पुराना लगानीहरुलाई जेनतेन सम्पन्न गर्नेबाहेक नयाँ लगानीको सुरुवात हुन नसकेको समेत चौधरीले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .