दुई दिने नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेकी छिन्।
भारतीय विदेश सचिव खुमलटार पुगेर प्रचण्डसँग शिष्टाचार भेट गरेका हुन्।
भारतीय विदेश सचिवमा नियुक्त भएपछि पहिलो पटक नेपाल आएका उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली लगायतसँग पनि भेटवार्ता गरेका छन्।
नेपालको दुई दिने भ्रमणका लागि भारतीय विदेश सचिव मिस्री आइतबार बिहान नेपाल आएका थिए। उनी सोमबार स्वदेश फर्किनेछन्।
57
Shares
प्रतिक्रिया