ad ad

राजनीति


यी ९ बुँदामा जनार्दनले औंल्याए पार्टी समस्याका कारण

यी ९ बुँदामा जनार्दनले औंल्याए पार्टी समस्याका कारण

नेपालखबर
साउन २७, २०८१ आइतबार १४:२४, काठमाडौँ

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पछिल्लो समय पार्टीमा देखिएका समस्याका मुख्य कारणहरू केलाएका छन्। पार्टी केन्द्रीय कार्यालयमा जारी स्थायी समिति बैठकमा उनले प्रस्तुत गरेको लिखित दस्तावेजमा समस्याका कारणहरूलाई विभिन्न ९ बुँदामा समेटिएका छन्। 

जनआन्दोलनमा लागेका महिला, जनजाती, दलित, सीमान्तकृत, मधेसी, उप्तिडित वर्गहरू विस्तारै आन्दोलनबाट अलग हुँदै गएको, फरक मतको सम्मान गर्ने संस्कार मासिँदै गएको, परिवारवाद हाबी गराइँदै गएको लगायतका विषयलाई शर्माले समस्याका रुपमा राखेका छन्। 

‘पार्टीलाई आम जनताबाट अलगथलग मात्र पारिएन, माथिदेखि तलसम्म परिवारवाद हावी गराइयो,’ शर्माले भनेका छन्, ‘पार्टीभित्र मुद्दा विशेषमा कमी कमजोरीबारे छलफल र वहसलाई विषयान्तर गर्न पार्टी फुट्दैछ भन्ने हल्ला चलाइयो।’ 

साथै, उनले नेताहरू विस्तारै निजी स्वार्थ र सुविधा उन्मुख हुँदै गएको पनि उल्लेख गरेका छन्। 

यस्ता छन् जनार्दनले औंल्याएका समस्याः

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .