ad ad

कारोबार


नेपालभर विशेष अफरहरूसहित सिट्रोनको निःशुल्क चेकजाँच क्याम्प सुरु

नेपालभर विशेष अफरहरूसहित सिट्रोनको निःशुल्क चेकजाँच क्याम्प सुरु

नेपालखबर
साउन २७, २०८१ आइतबार १४:५४, काठमाडौँ

नेपालमा सिट्रोन गाडीहरुको लागि आधिकारिक वितरक सांग्रिला मोटर्स प्राइभेट लिमिटेडले सिट्रोन गाडीको ग्राहकहरुलाई लक्षित गरी निःशुल्क चेकजाँच क्याम्प आयोजना गरेको छ।

यो क्याम्पले खरिद गरिएका सिट्रोनका सवारी साधनलाई राम्रो अवस्थामा राख्नुका साथै विशेष छुटहरूको फाइदा पनि प्रदान गर्नेछ। 

यस क्याम्पमा, फी सर्भिसिङ गाडीका सबै पार्ट्समा १० प्रतिशत छुट, निःशुल्क साधारण चेकजाँच साथै लुब्रिकेन्ट्समा ५ प्रतिशत छुटलगायतका विभिन्न आकर्षक अफरहरू उपलब्ध हुनेछन् । यी सुविधाहरूले सिट्रोन गाडीका ग्राहकहरुको सवारी अनुभवलाई अझ राम्रो बनाउने र उल्लेखनीय बचत पनि गराउनेछ। 

दुई चरणमा सञ्चालन हुने यो क्याम्प पहिलो चरण आज र भोलि  (साउन २७ र २८) बिर्तामोडमा, २९ र ३० गते विराटनगरमा र साउन ३२ गते वीरगन्जमा हुनलागेको हो।

दोस्रो चरणमा पोखरा, दाङ, बुटवल, र नारायणघाट समावेश छन्, जसको मिति छिट्टै घोषणा गरिने कम्पनीले जनाएको छ। 

सिट्रोनले आफ्ना ग्राहकहरुलाई तोकिएको मिति र स्थानहरूमा यी विशेष अफरहरूको लाभ उठाउन आग्रह गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .