ad ad

राजनीति


गृहमन्त्री, मुख्यसचिव र अख्तियार प्रमुखलाई राज्य व्यवस्था समितिले छलफलमा बोलायो

गृहमन्त्री, मुख्यसचिव र अख्तियार प्रमुखलाई राज्य व्यवस्था समितिले छलफलमा बोलायो

आइतबारको बसेको समितिको बैठकमा सभापति रामहरी खतिवडा (तस्बिर : प्रदीपराज वन्त)


नेपालखबर
साउन २७, २०८१ आइतबार १३:४४, काठमाडौँ

प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था समितिले गृहमन्त्री, मुख्यसचिव र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्तलाई बोलाएको छ। 

भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकको विषयमा छलफल गर्न आगामी साउन ३१ गते गृहमन्त्री रमेश लेखक, मुख्यसचिव लिलादेवी गड्तौला र आयुक्त प्रमकुमार राईलाई समितिको बैठकमा बोलाइएको हो। 

त्यस्तै, अख्तियारका पदाधिकारीहरूलाई पनि बैठकमा बोलाइएको समितिका सभापति रामहरी खतिवडाले नेपालखबरलाई जानकारी दिए। 

‘अख्तियारका प्रमुख र पदाधिकारी सबैलाई बोलाएका छौँ। गृहमन्त्री र मुख्यसचिव पनि आउनुहुन्छ,’ खतिवडाले भने।

आइतबारको बैठकमा ‘भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक’का विषयमा छलफल भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .