ad ad

राजनीति


पार्टी बैठकमा प्रचण्डको प्रस्ताव– बृहत वामपन्थी एकताको तीव्र पहल गरौँ

पार्टी बैठकमा प्रचण्डको प्रस्ताव– बृहत वामपन्थी एकताको तीव्र पहल गरौँ

नेपालखबर
साउन २६, २०८१ शनिबार १७:५५, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बृहत् वामपन्थी एकताको पहल तिव्र बनाउनुपर्ने बताएका छन्। शनिबार पार्टीका स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डले माधव नेपाल, नेत्रविक्रम चन्द, गंगानारायण श्रेष्ठ, महेन्द्र राय यादव लगायतसँग कुरा चलेको बताउँदै प्रगतिशिल मोर्चा बनाउन जोड दिनुपर्ने बताए। 

बैठकपछि अध्यक्ष प्रचण्डको भनाइ उद्धृत गर्दै उपाध्यक्ष अग्निप्रसाद सापकोटाले भने, ‘अब बृहत वामपन्थी एकताका लागि पनि तीव्र र घनिभूत पहलकदमी लिनुपर्छ। देशभक्त, जनवादी र प्रगतिशिल मोर्चा बनाउन निकै जोड दिनुपर्छ भन्नुभएको छ।’

उनले समाजवादी मोर्चामा रहेका दलहरूबीच एकताको कुरा चलिरहेको पनि बताए।

‘समाजवादी मोर्चामा रहेका शक्तिहरूसँग पनि कुरा भइरहेको छ। माधव नेपाल, विप्लव, गंगानारायण श्रेष्ठ, महेन्द्र राय यादवसँग पनि कुरा चलेको छ,’ उनले भने।

माओवादी स्थायी समिति बैठक शुक्रबारबाट सुरु भएको थियो। बैठकको सुरुमा अध्यक्ष प्रचण्डले समसामयिक राजनीतिबारे ब्रिफिङ गरेका थिए। 

आजको बैठकमा पनि प्रचण्डले वैचारिक, राजनीतिक, सांगठनिक परिस्थितिबारे पनि चर्चा गरेका थिए। 

उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुन र जनार्दन शर्मा, सचिव गणेश साह, स्थायी समिति सदस्यहरू पर्शुराम तामाङ, सुरेन्द्र कुमार कार्की, गणेशमान पुन, अग्नि सापकोटा, कुलप्रसाद केसी, देवेन्द्र पौडेल, अमृता थापा मगर, चक्रपाणी खनाल लगायतले भनँइ राखेका थिए। 

प्रचण्डले आठौँ महाधिवेशनमा विचारको संश्लेषण गर्दै विगतको संश्लेषण पनि हुनुपर्ने बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .