ad ad

राजनीति


कार्यकारी राष्ट्रपतिमा जानुपर्छ भन्नेमा अडिग छौँ : माओवादी केन्द्र

कार्यकारी राष्ट्रपतिमा जानुपर्छ भन्नेमा अडिग छौँ : माओवादी केन्द्र

नेपालखबर
साउन २६, २०८१ शनिबार १८:७, काठमाडौँ

नेकपा माओवादी केन्द्रले कार्यकारी राष्ट्रपतीय प्रणालीमा देशलाई लानुपर्ने निष्कर्ष निकालेको छ। पार्टी केन्द्रीय कार्यालयमा जारी स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डले यसबारे आफूहरू स्पष्ट हुनुपर्ने बताएका थिए। 

‘कार्यकारी राष्ट्रपतिमा जानुपर्छ भन्नेमा अडिग छौं। हामीले हिजो नोट अफ डिसेन्ट पनि लेखेका थियौं। हामीले संस्थागत रुपमा उठाएका छौँ,’ उपाध्यक्ष अग्नि सापकोटाले भने, ‘किनभने यहाँ अस्थिरताका कुरा गरिँदैछ। यदी दुई पार्टीले स्थायीत्व नै चाहेको हो भने पाँच वर्षसम्म महाअभियोगको स्थिति त हुन्छ। तर राष्ट्रपति फेरिँदैन। त्यसले मात्रै स्थायित्व दिनसक्छ।’

उनले अध्यक्ष प्रचण्डले नै बैठकमा यो विषय उठाएको र नोट अफ डिसेन्टमा पनि रहेको जानकारी गराए। 

‘अध्यक्षले नै यो कुरा उठाउनु भएको छ। हिजो संस्थागत रुपमै दिएको कुरा हो। हिजोको नोट अफ डिसेन्टमा पनि छ,’ उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .