राजनीति


संविधान संशोधन गरेर राजसंस्था राख्न राप्रपाको प्रस्ताव

संविधान संशोधन गरेर राजसंस्था राख्न राप्रपाको प्रस्ताव

नेपालखबर
फागुन १९, २०७६ सोमबार १०:३१,

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिंङ्देनले राष्ट्र पहिचानका रूपमा संसदको नियन्त्रणमा रहने राजसंस्था कायम गर्न प्रस्ताव गरेका छन्।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रियसभाका सदस्यले पनि प्रधानमन्त्री हुन पाउने व्यवस्था गर्न संविधान संशोधनको तयारी गरेकै समयमा उनले राष्ट्र पहिचानका रूपमा संसदको नियन्त्रणमा रहने राजसंस्था कायम गर्न प्रस्ताव गरेका हुन्।

प्रतिनिधसभाको सोमबार बसेको बैठकको विशेष समयमा राप्रपा सांसद लिङ्देनले भने, ‘निर्वाचन प्रणालीमा सुधार गरेर प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र पूर्ण समानुपातिक प्रणालीबाट संसदको गठन हुने व्यवस्था गरौं। संविधानको विशेष विशेषता र राष्ट्र पहिचानका रूपमा सर्वधर्म समभाव पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र र दलीय राजनीतिभन्दा माथि रहेको संसदको नियन्त्रणमा रहने राजसंस्था कायम गरौं।’

सत्ता पक्षले संविधान संशोधनको विषय उठाएर ठिकै गरेको बताउँदै संघीयता खारेज गर्न प्रस्ताव पनि गरे। ‘जनप्रतिनिधि र तीन तहको सरकार देशलाई बोझ र अव्यावहारिक भयो’ उनले भने, ‘तपाईंहरुलाई संघीयता शब्द प्यारो छ भने हामीलाई आपत्ति छैन। तर, यो तीन तहको संरचना खारेज गरेर बलियो, अधिकार सम्पन्न र व्यवस्थित स्थानीय तह भएको दुई तहको संरचना निर्माण गरौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad