ad ad

राजनीति


दुई ठूला दल सरकारमा हुँदा निरंकुशता जन्मने शंका धेरैमा छ : शेखर कोइराला

दुई ठूला दल सरकारमा हुँदा निरंकुशता जन्मने शंका धेरैमा छ : शेखर कोइराला

फाइल तस्बिर


नेपालखबर
साउन २०, २०८१ आइतबार १६:४३, काठमाडौँ

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संसद्का दुई ठूला राजनीतिक दल एकै ठाउँमा उभिएर सरकार निर्माण गर्दा निरंकुशता जन्मनसक्ने शंका धेरैमा रहेको बताएका छन्। आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको प्रजातन्त्र सेनानी संघको प्रशिक्षणमा बोल्दै उनले सरकारलाई ठिक बाटोमा हिँडाउन कमजोरी ख्याल राख्नुपर्ने बताए। 

‘अहिले कहिँकतै यो सरकारमा केही कमजोरीहरू देखियो भने हामीले आवाज बुलन्द गर्नुपर्छ। किनभने दुईवटा ठूला दल सरकारमा छन्,’ कोइरालाले अघि भने, ‘यी दुईवटा ठूला दल एकै ठाउँमा भएपछि निरंकुशता जन्मने पनि त्यतिकै शंका छ। धेरैलाई शंका छ। हामीहरूले आवाज उठाउन सक्यौँ भनेर पक्कैपनि ठिक ट्र्याकमा अघि बढ्छ।’

साथै, उनले अहिले पार्टीका नेताहरू कहिँकतै अल्झिएको जस्तो लाग्ने बताए। ‘कता कता हामीहरू अलमलिएको, अल्झिएको हो कि जस्तो मलाई पनि लाग्छ,’ उनले भने।

०८४ को निर्वाचनमा कुनै दलको बैशाखी लिएर पार्टी सहभागी हुन नहुने उनको भनाइ थियो। 

‘यो सरकार अहिले जुन बनेको छ। नेपाली कांग्रेस र एमालेको सरकारलाई टिकाएर कसरी अघि लग्ने, मजबुत कसरी बनाउने? राजनीतिक स्थायीत्व भएन भनेर हामीले यो बनाएको हो। यसले अप्ठेरा परिस्थिति सिर्जना गर्छ,’ उनले भने, ‘सरकारमा स्थायीत्व पनि नहुने, सुशासन पनि दिन नसक्ने, विकास पनि दिन नसक्ने लगायतका कारणले हामीले कांग्रेस र एमालेको सरकार बनाऔँ भनेर सोचेका हौँ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .