ad ad

राजनीति


तराईमा हुने अपराधिक गतिविधिमा राजनीतिक दलहरु आफैँ संलग्न छन् : एमाले सांसद पन्त

तराईमा हुने अपराधिक गतिविधिमा राजनीतिक दलहरु आफैँ संलग्न छन् : एमाले सांसद पन्त

नेपालखबर
साउन १६, २०८१ बुधबार १९:५, काठमाडौँ

सत्तारुढ नेकपा (एमाले) का सांसद एवं पूर्वमन्त्री रघुजी पन्तले तराईमा हुने अपराधिक घटनामा राजनीतिक पार्टीका मानिसहरु आफैँ संलग्न रहेको आरोप लगाएका छन्।

बुधवार संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले तराईका राजनीतिज्ञहरू कुनै न कुनै रुपमा त्यहाँ हुने अपराधिक गतिविधिमा सम्बन्ध राखेका कारण त्यहाँको अपराध नियन्त्रण गर्न प्रहरीले नसकेको दाबी गरेका थिए।

‘तराईका पोलिटिसिएनहरु कुनै न कुनै त्यहाँ हुने नकारात्मक गतिविधिसँग हामी सम्बन्ध पाउँछौं,’ उनले भने, ‘यो दल, त्यो दल नभन्नुस्। तराईको यो सिरियस समस्या पनि छ। यो कुरामा सरकारले कडाई गर्नसक्यो भने राम्रो हुन्छ। जब अपराधका घटनामा पोलिटिकल मान्छेहरु इन्भल्भ भएपछि पोलिसलाई गाली गरेर रोकिन्न।’ 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .