ad ad

कारोबार


पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना हुनुअघि ककपिटमा के भएको थियो? (अडिओ)

पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना हुनुअघि ककपिटमा के भएको थियो? (अडिओ)

नेपालखबर
साउन १६, २०८१ बुधबार १९:१४, काठमाडौँ

०७९ माघ १ गते अर्थात् १८ महिनाअघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै सेती नदीको खोँचमा यती एयरलाइन्सको विमान दुर्घटना भयो।

दुर्घटनामा ४ जना चालकदलका सदस्य र ६८ यात्रुले ज्यान गुमाए। कुल ७२ जनाको ज्यान गएको दुर्घटनाको छानबिनका लागि सरकारले जाँचबुझ आयोग बनाएको थियो। 

आयोगले प्रारम्भिक अनुसन्धानमा इन्जिनमा समस्या आएको हुनसक्ने देखिएको बताएको थियो।

अहिले उक्त दुर्घटनाको जाँचबुझ भएर प्रतिवेदन समेत बनिसकेको छ। तर भर्खरै दुर्घटनाका बेला पाइलट कमल केसी र कोपाइलट अञ्जु खतिवडाको दुर्घटना हुनुअघिको ककपिट भ्वाइस रेकर्ड्स सार्वजनिक भएको छ। 

अन्तिम क्षणमा के भएको थियो तरु सुन्नुहोस् पाइलट केसी र कोपाइलट खतिवडाबीचको संवाद :


पाइलट : अब हेडिङ मोडमा जाऊँ। अलि राइटमा बस यसले ठीक लाँदैन राइट हेडिङ थ्रि–वान–जिरो हेडिङ।

कोपाइलट : हजुर।

पाइलट : वान–वान–फाइभ छ। त्यहाँचाहिँ बल्ल सेटल हुन्छ। रनवे वान–टु–जिरो वान–वान–फाइभमा सेटल हुन्छ।

कोपाइलट : ए ए। 

पाइलट : झर्दै जाऊ। फोर–वानसम्म झरे हुन्छ। अनि पहिला पुरानो पासमा ताक है, सानो ठाउँमा।

कोपाइलट : हुन्छ हुन्छ।

पाइलट : तिमी जेट स्ट्रिममा हुँदा त गरेको हो त सबै।

कोपाइलट : हो गरेको हो।

पाइलट : त्यो पासमा ३५०० जति झर्ने फ्ल्याप्ससहित लिएर है। ऊ त्यहाँ रनवे भिजुअल छ। अझै राइटमा बस, राइट ह्यान्ड डाउन। ए.. लेफ्ट ह्यान्ड डाउन।

पाइलट : पुरानो एयरपोर्टमा बेस बनाऊ है

कोपाइलट : बेस बनाउनु पर्‍यो?

पाइलट : हजुर, टु–टुलाई बेस बनाएर भीओआर हेर

कोपाइलट : अँ। 

पाइलट : त्यसपछि कन्टिन्यू टर्नको टर्न है।

पाइलट : १७०। स्पिड ठीकै छ।

कोपाइलट : हजुर।

पाइलट : अँ ठ्याक्क त्यो डाँडामा।

कोपाइलट : ओके।

पाइलट : धेरै जनालाई गराइसकेँ। कम्फर्टेबल नै छ, त्यस्तो अनकम्फर्टेबल छैन। बिहान अर्लि मर्निङचाहिँ डाइरेक्ट आँखामा आउँछ घाम अनि मिस्ट हुन्छ। त्यतिले मात्र हो।

कोपाइलट : अब यो फाइभ माइल्सबाट चाहिँ बल्ल झर्ने। होइन त अब?

पाइलट : ओके। डाउन टु थ्रि थाउजेन्ड। फाइनलमा चाहिँ थ्री थाउजेन्डमा ठिक्क हुन्छ।

अवतरणका लागि एयरपोर्ट टावरसँग कुरा हुन्छ। 

पाइलट : पोखरा यती एयरलाइन्स सिक्स–नाइन–वान। ड्राइभिङ लेफ्ट एन्ड डाउन फर रनवे वान–टु।

पाइलट : त्यो दुईवटा डाँडाको बीचमा ल्याऊ है। थ्री फाइभ मात्र र धेरै तल पनि नजाऊ। धेरै टेरेन आएको आई गर्छ। त्यो रेडियो नेपालको टावर याद गरेको थिएन होला। ऊ त्योचाहिँ हो त्यो ठूलो डाँडाको अलि यता। धेरै लङ बनाउन खोज्यौँ भने त्यो टावरतिर पुग्छ नि फेरि। त्यता जानुहुँदैन। ओके अब डाउन।

कोपाइलट : अब म्यानुअल लिने हो सर?

पाइलट : ए पर्दैन। एकछिन ठीक छ। सिधा गइन्जेल पर्दैन। त्यसपछि लास्टमा म्यानुअल।

पाइलट : ल अब यहाँबाट म्यानुअल लिए हुन्छ।

कोपाइलट : ओके।'

पाइलट : फ्ल्प्यास लिभर वान फिफ्टी। फ्लाप्स थर्टी। झर्दै जाऊ है। तल पनि जाऊ

पाइलट : रेडी फर ल्यान्डिङ। ल्यान्डिङ गियर

कोपाइलट : डाउन।

पाइलट : फ्ल्याप्स

कोपाइलट : थर्टी।

पाइलट : ट्रान्समिसन

पाइलट : एक्सटर्नल लाइट।

कोपाइलट : अन।

कोपाइलट : के आयो?

पाइलट : हेर।

कोपाइलट : एयरलिफ्ट भनेर आइरहेको छ।

कोपाइलट : कन्टिन्यु टर्न होइन?

पाइलट : अँ। यो नयाँ एयरपोर्टपट्टि अलिक तलै।

कोपाइलटः तलै जानुपर्‍यो?

पाइलटः होइन होइन तल होइन। यत्तिकै ठीक छ। पावर हाल है।

कोपाइलट आत्तिएको सुनिन्छ : पावरै आएन त।

पाइलट : पावर अगाडि हाल्नुपर्‍यो नि।

कोपाइलट डराएको सुनिन्छ : आएन सर, टर्क नै आएन के सर।

पाइलट : यता जाऊ त।

कोपाइलट : यो डुअल ल्यान्डिङ हैन सर।

पाइलट : हँ।

कोपाइलटः टर्क नै आएन के सर। यो आउनुपर्ने नि त। टर्क यतातिर के सर। 

पाइलट : के भयो?

ककपिटमा टुँटुँ आवाज सुनिन्छ। कोपाइलट चिच्याउँछिन् : आ आ आ ...

अनि जहाज सेती नदीको खोँचमा बज्रिन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .