सरकारले चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई फिर्ता बोलाउने निर्णय गरेको छ।
आइतबार बसेको मन्त्रिपरिषदको बैठकले पौडेललाई १५ दिनभित्र फिर्ता हुन निर्देशन दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।
पौडेल कात्तिक २०७३ देखि चीनका लागि राजदूत थिए।
त्यसअघि ओली नेतृत्वको सरकारले पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई चीनका लागि राजदूतमा सिफारिस गरेको थियो।
तर, सरकार परिवर्तन भएपछि पुष्पकमल दाहाल प्रचण्ड सरकारले सो सिफारिस रद्द गर्दै पौडेललाई सिफारिस गरेको थियो।
पौडेललाई फिर्ता गर्ने निर्णय गरे लगत्तै उनै पाण्डेलाई राजदूत बनाएर बेइजिङ पठाउने तयारी भएको बुझिएको छ। एक मन्त्रीका अनुसार आइतबारको बैठकमा प्रधानमन्त्री ओलीले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई महेन्द्र पाण्डेसँग कुरा गर्न निर्देशन दिएका छन्।
प्रतिक्रिया