ad ad

राजनीति


सगरमाथा संवाद स्थगित, काेराेना प्रभावित देशका यात्रुलाई अन–अराइभल भिसामा राेक

सगरमाथा संवाद स्थगित, काेराेना प्रभावित देशका यात्रुलाई अन–अराइभल भिसामा राेक

नेपालखबर
फागुन १८, २०७६ आइतबार १५:६,

कोरोना भाइरस प्रकोपलाई मध्येनजर गर्दै सरकारले फागुन २४ देखि लागु हुनेगरी काेराेना प्रभावित मुलुकबाट आउने यात्रुलाई अन-अराइभल भिसामा रोक लगाएको छ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा गठित कोरोना रोकथाम उच्चस्तरीय समन्वय समितिले सो निर्णय गरेको हो।

समितिकाे निर्णय औपचारिक रूपमा आज सार्वजनिक गर्ने तयारी छ। सँगै सरकारले हाल कुनकुन मुलुकलाई काेराेना प्रभावित भनी सूची समेत सार्वजनिक गर्नेछ।

यसअघि नाइजेरिया, घाना, जिम्बाबे, स्वाजिल्यान्ड, क्यामरुन, सोमालिया, लाइबेरिया, इथियोपिया, इराक, प्यालेस्टाइन, अफगानिस्तान, सिरिया र शरणार्थीले बाहेक अन्य सबै मुलुकका नागरिकले नेपालमा अन–अराइभल भिसा पाउँदै आएका थिए। अब यी मुलुककाे सूचीमा काेराेना प्रभावित मुलुक पनि थपिनेछन्।

त्यस्तै, सरकारले यस वर्षदेखि गर्ने भनेको सगरमाथा संवाद पनि तत्कालका लागि स्थगित गर्ने निर्णय भएको छ।

नेपाल आउने सबै विदेशीले निरोगिताको प्रमाणपत्र देखाउनुपर्ने निर्णय पनि समितिले गरेको छ।

त्यस्तै, संक्रमण फैलिएका मुलुकमा अनावश्यक यात्रा नगर्न पनि नेपालीहरुलाई सुझाव दिएको छ।

सार्वजनिक भेला, समारोह नगर्न र भीडभाडमा नजान पनि समितिले आग्रह गरेको छ।

*यसअघि सम्पूर्ण मुलुक भन्ने परेकाेमा सँच्चाइएकाे छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .