नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक बस्दै छ। तीनकुने आलोकनगरस्थित केन्द्रीय कार्यालयमा ११ बजेपछि बैठक बस्ने भएको हो।
बैठकमा केन्द्रीय कमिटी र पदाधिकारीलाई पूर्णता दिनेबारे छलफल हुने बताइएको छ। हालै सम्पन्न एकीकृत समाजवादीको १० औं महाधिवेशनबाट अध्यक्ष, सम्मानित नेता, महासचिव र ९३ केन्द्रीय कमिटी सदस्य मात्रै चयन भएको भएका थिए।
बाँकी पदाधिकारी र केन्द्रीय कमिटीलाई पूर्णता दिन पटक–पटक छलफल भए पनि दाबेदार धेरै भएका कारण सहमति जुट्न नसकेको नेताहरूले बताएका छन्।
30
Shares
प्रतिक्रिया