ad ad

राजनीति


मधेशमा दलित परिवारको आवास अलपत्र पारियो : प्रभु शाह

मधेशमा दलित परिवारको आवास अलपत्र पारियो : प्रभु शाह

नेपालखबर
साउन १५, २०८१ मंगलबार २१:२२, काठमाडौँ

आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले गरिब, दलित परिवारको आवास निर्माणमा विभेद गरेको बताएका छन्। जनता आवास कार्यक्रम अन्तरगत दलित समुदायको घर निर्माण अलपत्र छोडेर सरकारले उनीहरुलाई दुःख दिइरहेको उनले बताए।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै साहले दलित समुदायका व्यक्तिको घर निर्माण कार्यलाई पुरा गर्न सरकारसँग माग गरे। साथै अहिलेसम्म के कति काम भएको छ, प्रगति कति भयो, किन घर निर्माण कार्य सम्पन्न हुन सकेन त्यसको बारेमा सदनलाई जानकारी गराउनुपर्ने बताए।

‘तीन चार वर्षअघि त्यहाँ महेन्द्र नारायण निधि आवास आयोजना सुरु भयो। जसमा पाँच हजार गरिब परिवारको घर छनौट भई निर्माणको काम सुरु भयो तर अहिलेसम्म निर्माण भएको घरको संख्या ६९० हो। त्यहाँ पनि बाँकी घरको निर्माण कार्य बेवारिसे छोडियो’ साहले भने, ‘अहिलेको सरकारले मदन भण्डारी विपन्न आवास आयोजना कार्यक्रम शुरू गरेकोछ। त्यसको लागि ९ करोड छुटयाएको छ।निर्माणाधीन घर बनाउनुपर्छ भन्ने जवाफदेहिता छैन। यसरी सरकार पिच्छे दलित परिवारसँग मजाक गर्दै जाने हो?’

सरकार परिवर्तन हुँदा, मन्त्री परिवर्तन हुँदा उनीहरुको कुर्सी, सोफा, कार्पेट सबै परिवर्तन गरिन्छ भन्दै साहले प्रश्न गरे, ‘तर ति गरिबको घर निर्माण गर्ने भनेर अधुरै छोडनु कुन नैतिकताले दिन्छ?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .