ad ad

सुदूरपश्चिम


धनगढीमा अस्पताल भनेर बनाइएको चर्च भवन भत्काइयो (भिडिओ)

धनगढीमा अस्पताल भनेर बनाइएको चर्च भवन भत्काइयो (भिडिओ)

नेपालखबर
साउन १५, २०८१ मंगलबार २२:०, काठमाडौँ

अस्पताल भवन बनाउने भनेर चर्च बनाएको पाइएपछि धनगढी उपमहानगरपालिकाले एउटा भवन भत्काएको छ।

कैलालीको धनगढी उपमहानगरपालिका ७, मनेहरामा अस्पतालका नाममा चर्च सञ्चालन गर्ने गरी अवैध रुपमा बनाइएका संरचनामा उपमहानगरले डोजर लगाएको हो।

अस्पताल खोल्ने भनेर बनाएको भवनमा चर्चसहित लेट मे इन र नेपाल लाइफ वर्ल्ड मिसनले सो भवनबाट क्रिस्चियन धर्म प्रचार गरेको पाइएपछि भत्काइएको धनगढी उपमहानगरपालिकाले जनाएको छ।

साथै, धर्म प्रचारक संस्था लेट मे इन र नेपाल लाइफ वर्ल्ड मिसनको दर्तासमेत खारेज गरिएको छ।

स्थानीय प्रभाकर भण्डारीबाट १५ वर्षका लागि लेट मेइन धनगढी प्रालिले जमिन भाडामा लिएको थियो।

एक वर्षअघि लिज सम्झौता गरेर त्यहाँ संरचना निर्माण थालिएको थियो। धनगढी उपमहानगरपालिका–७ को वडा कार्यालयमा सेमिनार तथा फेसियल तालिम सञ्चालनको उद्धेश्यसहित ०८० साउन २२ गते व्यवसाय दर्ता गराए।

त्यसपछि लेट मेइनले नेपाल लाइफ वर्ड मिसनलाई भवन भाडामा दिइएको पाइएको छ। धनगढी उपमहानगरपालिका–७ का अध्यक्ष मोती रानाका अनुसार नेपाल लाइफले पनि लेट मेइनझैँ सेमिनार तथा फेसियल तालिम सञ्चालन गर्ने भन्दै व्यवसाय दर्ता गराए।

उसले गत वैशाख १६ गते व्यवसाय दर्ता गराएको थियो। स्थानीय तहमा एउटा विवरण दिएर ती संरचनामा मण्डली चलाएको पाएपछि विवाद चुलिएको हो।

धनगढीमा कसरी चर्कियो चर्च विवाद?

भिडिओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .