कोरोना भाइरसको प्रकोप विश्वभर फैलिँदै जाँदा सरकारले यसै वर्ष सुरु गर्न लागेको सगरमाथा संवाद स्थगित गर्ने तयारी गरेको छ।
‘सगरमाथा संवाद रोक्न ठिक हुन्छ कि भन्ने निष्कर्षमा हामी पुगेका छौँ,’ स्वास्थ्यमन्त्री भानुभक्त ढकालले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भने।
उनले केही दिन अध्ययन गरेर कुन नेपालीहरुलाई कुन देशको यात्रामा जान दिने र कुन देशमा रोक्ने भन्नेबारे निर्णय गर्ने पनि जानकारी दिए।
अप्रिल २ देखि ४ सम्म सरकारले सगरमाथा संवादको तयारी गरेको थियो। जसका लागि विश्वभरका नेता, राष्ट्रसंघ महासचिव, एक्टिभिस्ट, कलाकारजस्ता प्रसिद्ध व्यक्तिहरुलाई निमन्त्रणा दिइएको थियो।

प्रतिक्रिया