कारोबार


हिमालय एयरलाइन्सको एयरबस ३१९ सोमबार आउँदै

हिमालय एयरलाइन्सको एयरबस ३१९ सोमबार आउँदै

नेपालखबर
फागुन १८, २०७६ आइतबार ९:५९,

हिमालय एयरलाइन्सको एयरबस ३१९ भोली (सोमबार) काठमाडौं आइपुग्ने भएको छ। 

जहाज सोमबार राती १० बजे त्रिभुवन विमानस्थलमा अवतरण हुने एयरलाइले जानकारी दिएको छ।
हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले १ सय २८ सिट क्षमताको जहाज रहेको बताएका छन्। ‘सोमबार राती १० बजे काठमाडौंमा अवतरण गर्ने समय तालिका रहेको छ,’ उनले भने ‘नयाँ जहाजले नयाँ गन्तब्यमा उडान भर्छ।’

नयाँ एयरबस ३१९ थपिएपछि चीनमा उडान गर्ने नेपालको एकमात्रै कम्पनी हिमालय एयरलाइन्ससँग ४ ओटा जहाज हुने छन्।
नेपाल र चीनको संयुक्त लगानीमा स्थापित हिमालयले पछिल्लो समय नयाँ गन्तव्यमा उडान गरिरहेको छ। हिमालयले अहिले आबुधाबी, दमाम, दोहा, ढाका, क्वालालम्पुर, बेइजिङ, गुइयाडं, चाडंसा, शेन्जेङ्ग र छोडंछिडंमा उडान गर्दै आएको छ। अबको केही समयभित्रै साउदी अरेबियाको रियादमा उडान गर्ने तयारी भैरहेको कम्पनीले जनाएको छ।

अन्तर्राष्ट्रिय उडानमा नेपाली कम्पनीहरुमा नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले उडान भर्दै आएका छन्। आन्तरिक उडानमा जमेको बुद्ध एयरले अन्तर्राष्ट्रिय उडान थप गर्ने योजना बनाएपनि सफल हुन सकेको छैन्। बुद्धले हाल भारतको बनारसमा उडान भर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad