ad ad

राजनीति


कैलालीमा अस्पताल बनाउने भनेर चर्च बनाइयो, विदेशीले धर्म प्रचार गर्न पाउँदैन : सांसद शाही

कैलालीमा अस्पताल बनाउने भनेर चर्च बनाइयो, विदेशीले धर्म प्रचार गर्न पाउँदैन : सांसद शाही

फाइल तस्बिर


नेपालखबर
साउन ८, २०८१ मंगलबार १४:२२, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाही कैलालीमा अस्पताल बनाउने भन्दै चर्च बनाइएको विषयमा आपत्ति जनाएका छन्।

मंगलबारको प्रतिनिधि सभा बैठकमा सांसद शाहीले झुटो विवरण पेस गरेर भवन र गाडी खरिद समेत गरिए पनि पछि त्यहाँ चर्च बनाइएको र स्थानीयहरू विरोधमा उत्रिएको बताएका हुन्। 

वैदिक सनातन मान्ने मान्छेहरूलाई सैतान भन्दै चर्च बनाएको उनको भनाइ थियो। 

स्थानीय तहमा गएर झुटो विवरण पेश गरी धार्मिक मन्दिर, चर्च र गुम्बाहरू बनाउन नपाइने उनले बताए।

‘कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ७ को मनेरामा अस्पताल बनाउन स्थानीय तहबाट अनुमति लिइयो। भवन पनि बनाइयो र गाडी पनि खरिद गरियो। पछि वैदिक सनातन मान्ने मान्छेहरूलाई सैतान भन्दै चर्च बनाइयो,’ उनले भने, ‘अहिले त्यहाँ स्थानीयवासीहरू विरोधमा उत्रेका छन्। धर्म मान्न पाइन्छ सबैको अधिकार हो तर अर्काको धर्मलाई गाली गर्न पाइँदैन। झुटो विवरण पेस गरेर धर्म, मन्दिर र चर्च बनाउन र विदेशीले धर्म प्रचार गराउन पाइँदैन।’

उनले धर्म प्रचार गर्ने दुई जना कोरियन नागरिक रहेको भन्दै उनीहरूलाई पक्राउ गरी कारबाही गर्न माग गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .