ad ad

राजनीति


सहमतिमा संशोधन नभए संविधानको आफ्नै प्रक्रिया छ : प्रधानमन्त्री ओली

सहमतिमा संशोधन नभए संविधानको आफ्नै प्रक्रिया छ : प्रधानमन्त्री ओली

नेपालखबर
साउन ६, २०८१ आइतबार १७:५१, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै आग्रह वा पूर्वाग्रह राखेर संविधान संशोधन गर्न नलागिएको प्रष्ट पारेका छन्। 

आइतबार प्रतिनिधि सभामा विश्वासको मतका लागि प्रस्तुत गरेको प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले संशोधनको विषय कुनै रहर नभएको पनि बताए। 

‘रहरको विषय होइन, आवश्यक्ताको विषय होइन। कुनै आग्रह पूर्वाग्रहले संविधान संशोधनको विषयलाई लिँदैनौँ। आग्रहको रुपमा यसै हुनुपर्छ भन्ने भएर होइन, समयको माग र विकासका लागि जसरी अद्यावधिक गर्नुपर्छ त्यो गरिने हो। यो सबैको छलफलको निष्कर्षअनुसार गरिन्छ,’ ओलीले भने। 

उनले सबै दलको सहमतिमै संविधान संशोधन हुने विश्वास व्यक्त गरे। 

‘जो जसका जेसुकै दार्शनिक, सैद्धान्तिक, वैचारिक, राजनीतिक भिन्नताकाबीचमा पनि एक ठाउँमा आएर संशोधन गर्छौँ,’ उनले भने। 

सहमतिमा हुन नसके संविधानले आफ्नो व्यवस्था बनाएरै राखेको उनले प्रष्ट पारे। 

‘कथं कदाचित एक ठाउँमा आउन सकेनौँ भने संविधानले आफ्नो व्यवस्था आफैँ बनाएको छ। अन्तर्राष्ट्रिय र नेपालको आफ्नै प्राक्टिस पनि छ। यसमा धेरै चिन्ताको विषय बनाउन परेन,’ ओलीले भने, ‘दोहोर्‍याएर भन्न चाहन्छु, देश र जनताको हितमा, अग्रगमनको पक्षमा संविधान संशोधन गरेर अझै प्रभावकारी बनाउने हिसाबले लोकतन्त्रको रक्षा र सुदृढीकरण र विकासको कामलाई अघि बढाउने कामका लागि हुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .