राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले मुलुकमा राजनीतिक अस्थिरताको कारण कांग्रेस र एमाले भएको बताएका छन्।
आइतवार प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा मतदान गर्ने जानकारी गराउँदै यस्तो बताएका हुन्। उनले गणितले मात्रै काम गर्ने भएको भए कम्युनिष्ट पार्टी एक्लैले करिब दुई तिहाई मत ल्याउँदा पनि पाँच वर्ष सरकार चल्न नसकेको बताए।
उनले कांग्रेसले पटक–पटक एक्लै बहुमत ल्याउँदा पनि स्थिरता नभएको बताए।
उनले भने,‘अहिले मुलुकमा स्थिरता नहुनु, समावेशी, समानुपातिकमा साना दलहरु होइनन्। दुई दलहरुको क्रियाकलाप मुख्य हुन्। साना दलहरुलाई आवश्यक परेको बेला फुटाउनु हुन्छ। साना लोभ देखाएर फकाउँदै सँगै बसाउनु हुन्छ। चलखेल तपाईंहरु गर्नुहुन्छ। गणितले मात्रै काम गर्ने भएको भए कम्युनिष्ट पार्टी एक्लैले करिब दुई तिहाई मत ल्याएको होइन। किन पाँच वर्ष सरकार चलेन। कांग्रेसले पटक–पटक एक्लै बहुमत ल्याएको होइन?’
उनले संविधानमा निर्वाचन र नियुक्ति प्रणालीमा सुधार गर्न आवश्यक रहेको बताए।
उनले न्यायलयमा पार्टीका कारिन्दा नियुक्त गरेर मुलुकमा सुशासन कायम हुन नसक्ने बताए।
Shares
प्रतिक्रिया