ad ad

कारोबार


कुलमानलाई ४ ट्रेड युनियनले भने– बक्यौता नउठाई उद्योगमा लाइन जोडे आन्दोलन गर्छौँ

कुलमानलाई ४ ट्रेड युनियनले भने– बक्यौता नउठाई उद्योगमा लाइन जोडे आन्दोलन गर्छौँ

नेपालखबर
साउन ६, २०८१ आइतबार १६:४६, काठमाडौँ

नेपाल विद्युत् प्राधिकरणका चार क्रियाशील ट्रेड युनियनहरूले उद्योगीहरूसँग डेडिकेटेड र ट्रंकलाइनबाट प्रयोग गरेको बिजुलीको महसुल नउठाई बिजुली नजोड्न चेतावनी दिएका छन्। 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पत्र लेख्दै उनीहरूले बक्यौता नउठाउँदा प्राधिकरण गम्भीर वित्तीय संकटमा फस्ने भन्दै आन्दोलनको चेतावनी दिएका हुन्। 

‘नेपाल विद्युत् प्राधिकरणको भविष्य सिंगो देशको विद्युत् विकासको भविष्यसँग जोडिएकोले प्राधिकरणलाई हानि नोक्सानी हुने काम कहीँ कतैबाट नहुने कुरामा हामी विश्वस्त छौँ,’ कर्मचारी कल्याण परिषद, कर्मचारी युनियन, राष्ट्रिय कर्मचारी युनियन र कर्मचारी संघ गरी चार संगठनका अध्यक्षहरूले घिसिङलाई लेखेको पत्रमा भनिएको छ, ‘डेडिकेटेड फिडर तथा ट्रंकलाइनको विद्युत् महसुल बक्यौता रकम नियमानुसार असुलउपर गर्ने सन्दर्भमा हामी क्रियाशील ट्रेड युनियनहरू नेपाल विद्युत् प्राधिकरणलाई आइपर्ने हरेक चुनौतीको सामना गर्न सदा तत्पर रहने व्यहोरा अवगत गराउँदै प्राधिकरणको हितविपरीत कार्य भएमा आन्दोलित हुन बाध्य हुने अनुरोध गर्दछौँ।’

देशमा आम उपभोक्ताले विद्युतको चरम अभाव बेहोरिरहेको अवस्थामा प्राधिकरणबाट डेडिकेटेड फिडर तथा ट्रंकलाइनमार्फत विद्युत उपभोग गर्ने उद्योगीहरूले विद्युतको लागतसमेत उत्पादित वस्तु तथा सामग्रीहरूमा समायोजन गरी बिक्री गरेको पनि ती संगठनले स्मरण गराएका छन्। उद्योगीहरूले आफूले उपयोग गरेको विद्युतको महसुल नतिर्न गरिरहेको बहानाबाजी र नतिर्ने परिपाटीले प्राधिकरणको वित्तीय अवस्था कमजोर भई देशको समग्र विद्युत विकासको गतिमा अवरोध हुने स्थिति आउने जोखिम औँल्याएका छन्।।

केही दिनअघि मात्र प्रधानमन्त्री केपी शर्मा ओलीले घिसिङलाई लाइन काटिएका उद्योगको बिजुली जोड्न ठाडो निर्देशन दिएका थिए। प्राधिकरण सञ्चालक समितिले भने मौखिक निर्देशनका भरमा बिजुली जडान गर्न नसक्ने अडान लिएको छ। 

यस्तो छ युनियनहरुको पत्र 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .