ad ad

राजनीति


ओलीको प्रशंसा गर्दै देउवाले भने– उहाँ मेहनती, अध्ययनशील र अनुभवी हुनुहुन्छ

ओलीको प्रशंसा गर्दै देउवाले भने– उहाँ मेहनती, अध्ययनशील र अनुभवी हुनुहुन्छ

नेपालखबर
साउन ६, २०८१ आइतबार १४:५५, काठमाडौँ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले मुलुकलाई उन्नतीको नयाँ बाटोमा लाने विश्वास व्यक्त गरेका छन्। 

आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत माग्ने क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले ओली अत्यन्तै मेहनती, अध्ययनशील र अनुभवी रहेको बताए। 

‘सम्माननीय प्रधानमन्त्री अत्यन्तै मेहनती, अध्ययनशील र अनुभवी हुनुहुन्छ। उहाँको मन्त्रिपरिषद्‌मा रहेका साथीहरू योग्य र सक्षम हुुनुहुन्छ। उहाँको नेतृत्वमा मुलुकले उन्नतीको नयाँ बाटो समात्नेछ भन्नेमा मैले विश्वास लिएको छु,’ उनले भने। 

साथै, स्थिर सरकारका लागि कांग्रेस र एमाले मिलेको पनि बताए। 

‘राजनीतिलाई स्थिरताको बाटोतर्फ उन्मुख गराउन गठन भएको सरकार सफल हुनेछ भन्ने मैले विश्वास लिएको छ,’ सभापति देउवाले भने। 

साथै, उनले असार १७ गते भएको सहमति कार्यान्वयनमा कांग्रेस दृढ रहेको जानकारी गराए। 

‘असार १७ गते नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको ७ बुँदे सहमतिप्रति नेपाली कांग्रेस दृढ रहनेछ,’ सभापति देउवाले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .