ad ad

राजनीति


ओलीलाई विश्वासको मत दिने कांग्रेसको निर्णय

ओलीलाई विश्वासको मत दिने कांग्रेसको निर्णय

नेपालखबर
साउन ६, २०८१ आइतबार १३:५७, काठमाडौँ

सत्तारुढ दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने निर्णय गरेको छ।

आइतबार नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बसेको संसदीय दलको बैठकले यस्तो निर्णय लिएको हो। 

‘प्रधानमन्त्री के।पी। शर्मा ओलीले नेपालको संविधानको धारा ७६ को उपधारा ९४० बमोजिम विश्वासको मतका लागि राख्नु हुने प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गर्दछ,’ कांग्रेसले निर्णयमा भनेको छ।

त्यस्तै, कांग्रेसले ओली नेतृत्वको सरकालाई बधाइ दिँदै सफल कार्यकालको शुभकामना पनि व्यक्त गरेको छ। 

प्रधानमन्त्री ओलीले आइतबार संसद्बाट विश्वासको मत लिँदैछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .