ad ad

समाज


यूएसएआईडीको नेपाल निर्देशकमा क्याटी नियुक्त

यूएसएआईडीको नेपाल निर्देशकमा क्याटी नियुक्त

नेपालखबर
साउन ६, २०८१ आइतबार १४:४, वासिङ्टन डिसी

नेपालको सामाजिक आर्थिक विकासमा महत्त्वपूर्ण सहयोग पुर्‍याइरहेको अमेरिकी सहयोग नियोग यूएसएआईडीको नेपाल मिसन निर्देशकमा क्याटी डोनोहोइ नियुक्त भएकी छन्। 

नियोगकी प्रमुख प्रशासकीय अधिकृत समान्था पावरले शुक्रबार यूएसएआईडीको मुख्यालय डिसीमा उनलाई शपथ खुवाएकी छन्।

कार्यक्रममा नेपाली दूतावासकातर्फबाट कायममुकायम राजदूत कुमार खरेलले सहभागिता जनाएका थिए। 

उक्त अवसरमा खरेलले यूएसएआईडीसँग नेपालको विकास साझेदारीको प्रशंसा गर्दै आगामी दिनमा पनि अमेरिकी सहयोगको निरन्तरताका लागि अनुरोध गरे। 

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत समान्था पावरले विगत वर्षमा आफूले नेपाल भ्रमण गर्दाको बखतको विविध पक्षबारे स्मरण गरिन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .